Breaking News

आज कोजाग्रत पूर्णिमा, दशैं समापन गरिंदै

काठमाण्डौ, ७ कार्तिक ।

आज कोजाग्रत पूर्णिमा, दुर्गा भवानीको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिंदैछ ।

आज बिहानै दशैंघरका सम्पूर्ण फूल, प्रसाद र जमराको अवशेष जलघाटमा विसर्जन गरिन्छ । आजैदेखि मुलुकभर धनधान्य एवं सम्पन्नताकी देवीमहालक्ष्मीको पूजा आराधना गरिन्छ ।

महालक्ष्मीको पूजा गरी आज रातभर जाग्राम बस्ने भएकाले यस पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको हो । आजदेखि लोकमा दशैं पर्व सम्पन्न भई नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भएको मानिन्छ ।

shares