Breaking News

रोनाल्डो आज राती आफ्नो पूर्व क्लब म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्दै

काठमाण्डौ, ६ कार्तिक ।

च्याम्पियन्स् लिग फुटबलमा आज राती युभेन्टसका पोर्चुगिच स्टार क्रिष्टियानो रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्दै छ ।

लिगको समूह एचमा रहेका म्यानचेष्टर युनाइटेड र युभेन्टसबीच नेपाली समयअनुसार आज राती पौने १ बजे म्यानयुको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । सन् २ हजार ९ मा युनाइटेड छोडेपछि दोस्रोपटक पूर्व क्लब म्यानयुको मैदानमा खेल्न लागेका रोनाल्डो यात्रा सुखद् बनाउने लक्ष्यमा छन् ।

तर पछिल्लो समय विभिन्न अभियोगमा मुछिएका रोनाल्डोको प्रदर्शनमा आज धेरैको ध्यान जानेछ । भ्यालेन्सियाविरुद्धको खेलमा रातो कार्ड पाएपछि प्रतिबन्धमा परेका रोनाल्डो पूर्व क्लबविरुद्ध आज मैदानमा उत्रिनेछन् । जारी लिगमा समूह चरणमा भएका दुवै खेलमा जित निकालेको युभेन्टस ६ अंकका साथ समूहको शीर्षस्थानमा छ ।

यता म्यानयुले भने १ खेलमा जित हात पार्द १ बराबरीसहित दोस्रो स्थानमा छ । युभेन्टस लगातार तेस्रो जित निकाल्ने रणनीतिमा छ भने म्यानयु घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै दोस्रो जित निकाल्ने धुनमा छ । सन् २ हजार ३ देखि २ हजार ९ सम्म ६ वर्ष म्यानयुबाट खेलेका उनले १ सय ९६ खेलमा ८४ गोल गरेका थिए । त्यसपछि रियल मड्रिडमा ९ वर्ष बिताएका रोनाल्डोले यसै सिजनबाट युभेन्टसमा आबद्ध उनले ९ खेलमा ५ गोल गरिसकेका छन् ।

यी दुईका अलावा च्याम्पियन्स लिगमा आज राती ७ खेलहरू हुनेछन् । रियल मड्रिड र भिक्टारिया प्लेजेन, शाख्तर र म्यान्चेष्टर सिटी, इटालियन क्लब रोमाले समूह जीको शीर्षस्थानमा रहेको सिएसकेए मस्कोविरुद्ध खेल्नेछ । यी सबै खेल नेपाली समय अनुसार राती पौने १ बजे हुनेछन् ।

shares