Breaking News

सरकार पतनको बाटोमा लागेको कांग्रेस प्रवक्ताको टिप्पणी

फिदिम, ६ कार्तिक ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार पतनको बाटोमा लागेको टिप्पणी गरेका छन् ।

पाँचथर सदरमुकाम फिदिममा पत्रकारसँग कुरा गर्दै शर्माले सरकार एकपछि अर्को गर्दै असफल हुँदै गएको र पाँच वर्षपछि काँग्रेस सत्तामा आउने दाबी गरे । शान्तिसुरक्षाको खस्कीँदो स्थिति बढ्दो महंगीले सरकार असफल हुँदै गएको पुष्टि हुने शर्माको भनाइ छ ।

काँग्रेसको महासमितिको बैठक निर्धारित समयमा हुने बताउँदै शर्माले यसका लागि तयारी भइरहेको जानकारी दिए ।

shares