Breaking News

बिहीबारदेखि काठमाण्डौमा साफ अण्डर फिफटिन फूटबल प्रतियोगिता हुने

काठमाण्डौ, ६ कार्तिक ।

आगामी बिहीबारदेखि काठमाण्डौमा साफ अण्डर फिफटिन फूटबल प्रतियोगिता हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी सातदोबाटोमा प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, भुटान र पाकिस्तानी टिमको सहभागीता रहनेछ । च्याम्पियनशिपमा १ करोड ६५ लाख खर्च हुने अनुमान एन्फाले गरेको छ ।

दक्षिण एशियाली फुटबल महासंघ साफको कार्यक्रम अनुसार नै एन्फाको आयोजनामा साफ अण्डर फिफटिन फूटबल प्रतियोगिता हुन लागेको हो ।

shares