Breaking News

अब ग्यास पाइपलाइन नभई सबै चुलोमा बिजुलीको तार पुग्छ: प्रधानमन्त्री

काठमाण्डौ, ६ कार्तिक ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अब ग्यास पाइपलाइन नभई सबै चुलोमा बिजुलीको तार लैजाने बताएका छन् ।

मंगलबार ललितपुरमा लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले सञ्चालनमा ल्याएको बिजुली बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान–प्रविधिको विकासले चाँडो चाँडो फड्को मारेकाले अब ग्यास नभई बिजुलीतिर लाग्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो भनाइलाई पहिलेको जस्तै अनौठो मान्न सक्ने भन्दै हरेकका घरघरमा पुर्‍याउने तयारीमा यो सरकार जुटेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले नेपाल अबको केही वर्षभित्रै जलविद्युत आत्मनिर्भर हुने भएकाले सवारी साधान चलाउन पनि समस्या नहुने धारणा राखे ।

बिजुली बसको प्रयोग बढाएसँगै पेट्रोलको महंगीबाट चाँडै नै मुक्ति मिल्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले यस्ता बसले वातावरण प्रदुषण पनि नगराउने जिकिर गरे ।

विद्युतीय सवारी साधनका सञ्चालन व्यवस्थापनका लागि केही दिनमै इकाई गठन गरिने पनि उनले बताए । उनले सार्वजनिक यातायातको स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

shares