Breaking News

चीनमा बन्यो विश्वकै सबैभन्दा लामो पुल

काठमाण्डौ, ६ कार्तिक ।

हङकङ–चिनियाँ शहर जुहाई हुँदै मकाउ जोड्ने विश्वकै लामो पुलको अाज चिनियाँ राष्ट्रपति सि जिनपिङले औपचारिक उद्घाटन गरेका छन् ।

समुद्रमाथि बनाइएको समग्रमा ५५ किलोमिटर लामो पुलको आतिशबाजीसहितको विशेष कार्यक्रमका बीच राष्ट्रपति सि ले उद्घाटन भएको घोषणा गरेका हुन् ।

सार्वजनिक प्रयोगका लागि पुल भाेलिदेखि खुला गरिनेछ ।

निर्माण सुरु भएको ९ वर्षपछि औपचारिक उद्घाटन गरिएकाे पुल निर्माणका लागि २० बिलियन अमेरिकी डलर खर्च भएको छ । भूकम्प र समुद्री आँधी प्रतिरोधात्मक संरचनामा पुल बनाइएको दाबी गरिएको छ ।

पुल निर्माणका लागि चार लाख टन स्टिल प्रयोग भएको छ । यसको अर्थ ६० इफेल टावर बनाउन पुग्ने स्टिल यो पुलमा प्रयोग भएको छ । पुलको कुल लम्बाई मध्ये ३० किलोमिटर समुद्रमाथि पर्छ ।

पुलको मार्गमा दुई ठाउँमा कृत्रिम आइल्याण्ड बनाइएको छ । पुल निर्माणको क्रममा १८ कामदारको मृत्यु भएकाे थियाे ।

shares