Breaking News

इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी

काठमाण्डौ, ६ कार्तिक ।

इंग्लिस प्रिमियर लिगमा आर्सनल विजयी भएको छ । प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले लिसेष्टर सिटीमाथि तीन–एक गोलको जित निकालेको हो ।

खेलको ३१औं मिनेटमा आर्सनलका हेक्टर बेलरिनले आफ्नै पोष्टमा गोल गरेपछि लिसेष्टरले अग्रता लियो । त्यसपछि मिसुट ओजिलले ४५औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेल एक–एकको बराबरी गरे ।

पिएरी इमरिक अउबामेयांगले ६३औं र ६६औं मिनेटमा गोल थप्दै आर्सनललाई तीन–एकको अग्रता दिलाए ।  त्यसपछि बांकी समयमा दुबैतर्फबाट थप कुनै गोल हुन सकेन ।

जितसंगै आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । लिगमा ९ खेलको समाप्तिमा आर्सनलको २१ अंक छ ।

shares