Breaking News

सन्दीपले अस्ट्रेलियामा बीबीएल खेल्ने, ७० लाख रुपैयाँ पारिश्रमिक

काठमाण्डौ, ६ कार्तिक ।

नेपाली युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग बीबीएल खेल्ने भएका छन् । विश्वकै प्रमुख क्रिकेट लिग खेलिरहेका सन्दीप डिसेम्बरदेखि मेलबर्न स्टार्समा आवद्ध हुने भएका हुन् ।

सन्दीप डिसेम्बर १० मा टिममा सहभागी भए पनि जनवरी ५ मा बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बंगलादेश प्रिमियर लिग सकिएपछि पुनः उनी बीबीएलका लागि अष्ट्रेलिया फर्किने छन् ।

लामिछाने कम्तीमा पनि ७० लाख रुपैयाँ (६० हजार डलर) पारिश्रमिक पाउने छन्। उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।

गएको जनवरीमा सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै आईपीएल खेल्ने पहिलो नेपाली क्रिकेटर भएका थिए । आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि एकपछि अर्को गर्दै विश्वकै प्रमुख क्रिकेट लिगमा सन्दीपको माग बढिरहेको छ ।

क्यारेबियन प्रिमियर लिग, ग्लोबल टी–२० लिग क्यानडा, बंगलादेश प्रिमियर लिग हुँदै उनी बीबीएलसम्म पुगेका छन् । सन्दीपसँग अष्ट्रेलियामा ग्रेड क्रिकेट खेलेको अनुभव छ ।

shares