Breaking News

नेपाल भाषाको संरक्षण र प्रवर्द्धनका लागि साहित्य सम्मेलन आयोजना

भक्तपुर, ५ कार्तिक ।

नेपाल भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरमा साहित्य सम्मेलनको आयोजना गरिएको छ ।

बिराट नेपाल भाषा सम्मेलन गुथि र नेपाल भाषा साहित्य तःमुंज्याले छुट्टाछुट्टै रूपमा भक्तपुरमा साहित्य सम्मेलनको आयोजना गरेका छन् । तःमुंज्याले प्रत्येक वर्षको आश्विन शुल्क द्वितीया र तृतीयाको दुई दिन र रातमा साहित्यिक सम्मेलन आयोजना गर्दै आएको छ ।

३८ औं सम्मेलनमा नेपाल भाषाका कविता, गित, सांस्कृतिक कार्यक्रम, प्रहशन, व्यङ्ग्यको प्रस्तुति गरियो । कार्यक्रममा संस्कृति र परम्परागत क्षेत्रमा योगदान पुर्‍याउने सांस्कृतिक र परम्परागत बाजाका वाद्यगुरु मिन बहादुर सुवाल र धिमेबाजा गुरु पूर्णवीर गैंडालाई सम्मान गरिएको थियो ।

सम्मेलनमा साहित्यकार एवम् नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति लगायतका राजनीतिज्ञ एवम् साहित्यिक स्रष्टाहरूले जनता बाँचे भाषा बाँच्ने र साहित्यको प्रवर्द्धन हुनेमा जोड दिए ।

यसैगरी विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले आयोजना गरेको ५७औं साहित्य सम्मेलनमा आधुनिक कवि एवम् साहित्यकार डा. योगेन्द्र प्रधानलाई सम्मान गरिएको थियो ।

shares