Breaking News

भारतकाे गाेरखपुरमा भएकाे सवारी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु

काठमाण्डौ, ५ कार्तिक ।

भारतकाे गाेरखपुरमा भएकाे सवारी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार उनीहरू गोरखपुरबाट बनारस गइरहेका बेला राजादेपुर गाउँमा उनीहरू चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ४१ वर्षका नविन श्रेष्ठ, उनकी पत्नी अञ्जली, बुबा गोरख श्रेष्ठ र भाइ उपेन्द्र रहेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । दुर्घटनामा मृत्यु हुनेहरू सिन्धुलीका रहेका भारतीय प्रहरीको भनाइ छ ।

घाइते हुनेमा दुई जना त्यही परिवारका महिला सदस्य र कार चालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

shares