Breaking News

पायोँ अर्थात् खड्ग जात्रा विधिपूर्वक सम्पन्न

ललितपुर, ५ कार्तिक ।

पाटनको महत्वपूर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधिपूर्वक सम्पन्न भएको छ ।

झाँकीसहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई सोमबार विधिपूर्वक सबैभन्दा पुरानो जात्रा पायोँ अर्थात् खड्ग जात्रा सम्पन्न गरिएको हो । मुल गुठीयार साम्राज्य श्रेष्ठको नेतृत्वमा झाँकी तथा बाजा गाजासहित मनमानेश्वरी भवानीलाई नगर परिक्रमा गराई आगम घर पुर्याई विराजमान गराइएको थियो । यो संगै जात्रा विधिवत सम्पन्न भएको छ ।

घटस्थापनादेखि सुरु भएपनि यो जात्राको मुख्य विधि फूलपातीका दिन गरिन्छ । पाटन दरबार क्षेत्रमा रहेको तलेजु भवानीको शक्तिको रुपमा लिइने खड्गलाई अष्टमीका दिन मध्यरातमा पूजा गरी नवमीका दिन महालक्ष्मी स्थान पुर्याईन्छ । विभिन्न प्रक्रिया पूरा गरी टीका पछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ ।

लिच्छवी राजा मानदेवका नाति बसन्तदेवले सुरु गरेकाे यो जात्रा बजेट अभावका कारण २५ बर्ष देखि हुन सकेको थिएन । ललितपुर महानगरपालिका, गुठी संस्थान, ललितपुर उद्योगवाणिज्य संघ लगायत क्षेत्रबाट सहयोग प्राप्त भएपछि २६ औ वर्षमा खड्ग जात्रा निकालिएको हो । जात्रा गर्न ४० लाख बढी बजेट आवश्यक पर्ने गुठीयार श्रेष्ठकाे भनाइ छ ।

shares