Breaking News

चिनियाँ चित्रकला प्रदर्शनी काठमाण्डौमा सुरु

काठमाण्डौ, ५ कार्तिक ।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध बढाउनका लागि चिनियाँ चित्रकला प्रदर्शनी सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

चाईनिज स्टाईल नाम दिइएको चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहलमा सुरु भएको हो । प्रदर्शनीमा आधुनिक चिनियाँ वाटर पेन्ट्सका ५८ वटा चित्रकला राखिएको छ ।

पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सोमबार प्रर्दशनीको उद्घाटन गरेका थिए । चीन सांस्कृतिक केंन्द्र र चीन नेशनल एकेडमी अफ पेंटिंग द्वारा संयुक्त रूपमा आयोजना गरिएको प्रर्दशनी दुई दिनसम्म चल्नेछ ।

उक्त चित्रकला अमेरिका, बेलायत र फ्रान्समा समेत प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

shares