Breaking News

ईङ्लिस प्रिमियर लिगमा आज राति आर्सनल र लिसेस्टर सिटी भिड्दै

काठमाण्डौ, ५ कार्तिक ।

ईङ्लिस प्रिमियर लिगमा आज राति आर्सनल र लिसेस्टर सिटीबीच खेल हुँदैछ ।

खेल राति पौने एक बजे सुरु हुनेछ । आर्सनल आठ खेलमा १८ अंक सहित आठौ र लेस्टर १२ अंक सहित तेह्रौं स्थानमा छ । नौ खेलमा २३ अंकका साथ म्यानचेस्टर सिटी पहिलो र समान २३ अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा छ ।

त्यस्तै २१ अंकका साथ चेल्सी तेस्रो र टोटनह्याम चौथो स्थानमा छ । फूलह्याम, हडर्सफिल्ड र न्यूक्यासल रेलिगेसन जोनमा छन् ।

shares