Breaking News

टिप्पर पल्टिँदा एकको मृत्यु, दर्जन बढी घाइते

सिन्धुपाल्चोक, ५ कात्तिक ।

जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसे गइरहेको टिप्पर भैँसेमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा४ख ९०१७ नम्बरको टिप्पर सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए ।

दुर्घटनाका कारण एक जनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको प्रहरी कुमार श्रेष्ठले जानकारी दिए ।

shares