Breaking News

कपिलवस्तु: थप पाँच घण्टाका लागि कर्फ्यू हट्यो

कपिलवस्तु, ५ कार्तिक ।

कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू थप पाँच घण्टाका लागि हटाइएको छ ।

यसअघि सोमबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्मका लागि हटाइएको कर्फ्यू साँझ पाँच बजेसम्मका लागि हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

अर्को निर्णय नभएमा साँझ पाँचबजेपछि कर्फ्यू यथावत रहने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । सीमा नाका पनि भएको र सामान्य नागरिकको दैनिकीमा असर नपरोस् भनेर थप केही घण्टाका लागि कर्फ्यू हटाइएको उनले बताए ।

दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा भएको विवादले झडपको रुप लिएपछि अवस्था नियन्त्रणमा लिन प्रशासनले आइतबार साँझदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

shares