Breaking News

सोमबार पनि टीका लगाउन बालुवाटार पुगे कार्यकर्ता तथा सर्वसाधारण

काठमाण्डौ, ५ कार्तिक ।

विजया दशमी अर्थात् टीकापछिको तेस्रो दिन सोमबार पनि प्रधानमन्त्री निवास वालुवाटारमा टीका लगाउन सर्वसाधारण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन् ।

सरकारले एकादशीसम्म मात्रै दशैं बिदाको समय दिएको भएपनि प्रधानमन्त्रीको सचिवालयले चतुर्थीसम्म प्रधानमन्त्रीले टीका लगाइदिने बताएपछि कार्यकर्ता तथा सर्वसाधारण सोमबार पनि टीका लगाउन बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री ओली बिहानैदेखि बालुवाटार पुगेकाहरूलाई टीका र जमरा लगाउन व्यस्त रहेका छन् । आइतबार पनि प्रधानमन्त्री टीका र जमरा लगाउनमै व्यस्त भएका थिए । यस अघिका प्रधानमन्त्रीले टीका पछिका दिनमा पनि यसरी सर्वसाधारण र कार्यकर्तालाई टीका लगाउने गरेका थिएनन् ।

यसपटक भने प्रधानमन्त्री ओलीले चर्तुदशीसम्म सर्वसाधारणलाई टीका लगाउने भएका छन् । सरकारी कार्यालयहरू आइतबारदेखि नै सञ्चालनमा आउनु र प्रधानमन्त्रीले टीका भने चर्तुदशीसम्म लगाइरहनुले सरकारका कामकारवाहीमा विरोधाभाष देखिएको छ ।

shares