Breaking News

ताइवान रेल दुर्घटनामा मृत्यु हुनेकाे संख्या २२ पुग्यो

काठमाण्डौ, ५ कार्तिक ।

ताइवानमा भएको रेल दुर्घटनामा मृत्यु हुनेकाे संख्या २२ पुगेको छ ।

ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिक छोड्दा भएको दुर्घटनामा १ सय ७० जना घाइते भएको ताइवान रेल प्रशासनले पुष्टि गरेको छ ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ । रेलका पाँच वटा डब्वा रेलमार्गबाट उछिट्टिएका र जमिनमा लडेका छन् ।

रेलमा ३ सय १० जना यात्रारत थिए । दक्षिणी शहर ताइतुङका लागि छुटेकाे रेल उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना भएको थियो ।

shares