Breaking News

नेकपाको केन्द्रीय सचिवालय बैठक अाज पनि

काठमाण्डौ, ५ कार्तिक ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक अाज पनि बस्दैछ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दिउँसाे एक बजे बस्ने बैठक पार्टी संगठनहरूको एकीकरण, केन्द्रीय आयोग र विभागहरूको गठनमा केन्द्रीत हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टी, संसद, सरकार सञ्चालन, सचिवालय, स्थायी कमिटि र केन्द्रीय सदस्यको कार्यविभाजनबारे पनि छलफल हुने श्रेष्ठले बताए । बैठकमा सचिवालय सदस्य माधवकुमार नेपालकाे असन्तुष्टीबारे समेत छलफल हुनेछ ।

हिजाेकाे बैठकले काठमाण्डौ क्षेत्र नंबर ७ का सांसद रामवीर मानन्धरले बुझाएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेकाे थियाे । सचिवालय सदस्य बामदेव गौतमलाई सांसद बनाउने बाटाे खुल्ला गर्न भन्दै मानन्धरले राजीनामा दिएका थिए ।

अाइतबार चार घण्टा भन्दा बढी चलेको बैठक मानन्धरको राजीनामा र गौतमकै विषयमा केन्द्रीत थियो ।

shares