Breaking News

अाज अाश्विन शुक्ल पक्षकाे त्रयाेदशी: मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाण्डौ, ५ कार्तिक ।

अाज अाश्विन शुक्ल पक्षकाे त्रयाेदशी, मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी छ ।

प्रधानमन्त्री केपी शर्मा अाेलीले अाज पनि सर्वसाधरणलाई टीका लगाइदिइरहेका छन् । कोजाग्रत पूर्णिमाको दिनसम्मै आफ्ना मान्यजन र आफन्तजनसँग टीका लगाउने परम्परा छ ।

कतिपयले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउँदै आशिर्वाद लिने गर्दछन् । मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने जनविश्वास रहिआएको छ ।

सरकारले यो वर्षदेखि द्वादशीको दिनकाे बिदा कटौती गरेपछि फूलपातीको दिनदेखि बन्द रहेका सरकारी कार्यालयहरू हिजोबाट खुलेका छन् । कार्यालय खुलेकाे पहिलाे दिन कर्मचारी र सेवाग्राहीकाे उपस्थिति कम थियाे ।

सरकारी कार्यालयहरू खुलेपछि दशैंको माहोलमा रमाएका सर्वसाधारणको दैनिकी पनि बिस्तारै नियमित अवस्थामा फर्किएको छ ।

shares