Breaking News

नेपाली महिला फुटबल टोलीको बिदाइ

काठमाण्डौ, ४ कार्तिक ।

एएफसी अण्डर १९ वुमन्स फुटबल छनोट च्याम्पियनसिपमा भाग लिने नेपाली टोलीको आज बिदाइ गरिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ् शेर्पा लगायत पदाधिकारीले टोलीको बिदाइ गरेको हो ।

बुधबारदेखि आइतबारसम्म थाइल्याण्डमा हुने छनोट प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक र अफिसियल गरी ३१ जनाको नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रतियोगिताको समूह बीमा नेपालसँगै आयोजक थाइल्याण्ड, भारत र पाकिस्तान छन् । समूहको पहिलो खेलमा बुधबार नेपालले आयोजक थाइल्याण्डको सामना गर्नेछ । त्यस्तै, शुक्रबार भारत र आइतबार पाकिस्तानसँग खेल्नेछ ।

shares