Breaking News

भारतीय शोमा मेनुका पौडेलको चर्चा: जजले भने “तिम्रो मूल्याकंन गर्ने हाम्रो औकात छैन”(भिडियोसहित)

काठमाण्डौ, ४ कार्तिक ।

नेपाली रियालिटी शो ‘नेपाल आइडल’बाट सबै नेपालीको मन जित्न सफल गायिका मेनुका पौडेल एक पटक फेरि भारतको चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मार्फत् चर्चामा अाएकी छिन् ।

हिजोमात्र जी टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी छिन् ।सांगीतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागिपरेकी मेनुका पहिलो पटक नेपालमा पनि अडिसन भएको भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट छानिएकी थिइन् ।

गत वर्ष नेपाल आइडलबाट बाहिरिएकी मेनुकाले आफ्नो सांगीतिक प्रस्तुतीलाई भने रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसँगै केही सुगम गीतहरू गाइन् ।

‘सारेगामापा’मा मेनुकाले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थित जजसंगै जुरी मेम्बरहरूले समेत अाँशु थाम्न सकेनन् । उनको प्रस्तुतीको प्रशंसा गर्दे सबै जजहरूले स्ट्याण्डिङ ओभेसन दिएका थिए ।

जजको रूपमा रहेका संगीतकार शेखर रबजानी, सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखर त बर्रऽऽ आँशु झारेर रोए । उनले भने, “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन।”

हेर्नुहोस् भिडियो-

shares