Breaking News

भारतमा पहिलो पटक एकै वर्षमा दोस्रो पटक लालकिल्लामा झण्डा फहराइयो

काठमाण्डौ, ४ कार्तिक ।

भारतमा पहिलो पटक आज एकै वर्षमा दोस्रो पटक लालकिल्लामा झण्डा फहराइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजाद हिंद फौज गठन भएको ७५ ‌औं वार्षिकोत्सवको अवसरमा आज लालकिल्लामा झण्डा फहराएका हुन् ।

भारतमा स्वतन्त्रता दिवसको अवसरमा अगष्ट १५ मा लालकिल्लामा झण्डोत्तोलन गर्ने परम्परा रहेकोमा पहिलो पटक सुभाषचन्द्र बोसको आजाद हिंद सरकार गठन भएको ७५ औं वार्षिकोत्सवमा पनि लालकिल्लामा झण्डा फहराइएको हो ।

भारत स्वतन्त्र हुनुअघि नै नेता सुभाषचन्द्र बोसले सन् १९४३ को अक्टोबर २१ मा सिंगापुरको कैथी सिनेमा हलमा आजाद हिंद सरकार स्थापना भएको घोषणा गरेका थिए ।

भेलाले उनलाई स्वतन्त्र भारतको अन्तरिम सरकारको प्रधानमन्त्रीका साथै युद्ध तथा विदेशमन्त्री र सर्वोच्च सेनापति चुनेको थियो । नेता बोसले जापान र जर्मनीको सहयोगमा आजाद हिंद सरकारको आफ्नै मुद्रा र हुलाक टिकट पनि छाप्ने व्यवस्था मिलाएका थिए ।

shares