Breaking News

अाज राति उल्कावर्षा हुने

काठमाण्डौ, ४ कार्तिक । अाज राति उल्कावर्षा हुने भएको छ ।

हेलीको पुछ्रे ताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार राति पौने ११ बजेदेखि सोमबार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकले बताएका छन् ।

अत्याधिक उल्कावर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने अनुमान गरिएको छ ।

उल्कावर्षाको गति प्रतिसेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले झण्डै ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण भएर यस्तो दृश्य देखिने नेपाल एस्ट्रोनोमिलकल सोसाइटी नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

shares