Breaking News

अफगानिस्तानको निर्वाचनका क्रममा १३० भन्दाबढी हताहत

काठमाण्डौ, ४ कार्तिक ।

अफगानिस्तानमा शनिबार भएको संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा निर्वाचनका क्रममा भएकाे हिंसामा १३० भन्दाबढीकाे मृत्यु भएकाे छ । उक्त हिंसामा ७८ जना घाइते भएका छन् ।

काबुलको कैयौँ स्थानमा भएको विस्फोटमा परी चार जनाकाे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहिबुल्लाह जारले जानकारी दिए ।

तालिवान आतङ्ककारी समू्हले शनिबार बिहानबाट मतदान केन्द्र, प्रहरी चौकी र सेनाको इलाकालाई लक्षित १६६ वटा आक्रमण गरेका छन् । कुन्दुज प्रान्तमा पनि तीन वटा रकेट आक्रमण गरिएको र तर यसबाट मानवीय क्षति भने नभएको बताइएको छ ।

तालिवान आतङ्ककारी समूहले अफगान मतदातालाई मतदान केन्द्र नजान चेतावनी दिँदै आएका थिए । तालिवान आतङ्ककारी समूहको चेतावनीको बाबजुद पनि लाखौँको सङ्ख्यामा सर्वसाधारण मतदानमा भाग लिएका थिए ।

लामो समयको प्रतीक्षापछि संसद्को तल्लो सदन अर्थात् ‘बोलेसी जिर्गा २४९ सिटका लागि दुई हजार ५०० जनाले उम्मेदवारी दिएका छन् ।अफगानिस्तानको तल्लो सदनमा निर्वाचित सदस्यको पाँच वर्षको अवधि हुने गरेको छ ।

shares