Breaking News

ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु

जनकपुरधाम, ३ कार्तिक ।

जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हाे ।

विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ ।

shares