Breaking News

बस दुर्घटनामा तीन जनाको मृत्यु, २३ घाइते

चितवन, २ कात्तिक ।

इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहान २ः३० बजे भएकाे दुर्घटनामा २३ जना घाइते भएका छन् । काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतक तीनजनाको सनाखत हुन नसकेको पनि प्रहरीले जनाएकाे छ ।

shares