Breaking News

अमेरिकी कारबाहीमा ६० अल-शबाब समूहका आतङ्ककारी मारिए

सोमालिया, १ कार्तिक ।

अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको जनाएकाे छ ।

हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाहीमा कोही पनि सर्वसाधारण घाइते नभएका वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिइएको छ ।

अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका हुन् ।

यो कारबाही सन् २०१७ को नोभेम्बरयताकै भीषण भएको बताइएको छ । अल–कायदासँग सम्बद्ध अल–शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

shares