Breaking News

मोसुल शहरका नागरिकको जीवन खतरामा रहेको भन्दै राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

काठमाण्डाै १५ जेठ ।  इराकको मोसुल शहरका  सर्वसाधारण नागरिकको जीवन खतरामा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता प्रकट गरेको छ ।

मोसुल शहरमा  इराकी सेनाले  अक्टोबरदेखि बिद्रोही संगठन इस्लामिक स्टेट आइएस विरुद्ध कारवाही अभियान चलाउँदै आएको छ ।मोसुललाई आइएसको कब्जाबाट हटाउने अभियान अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँका सर्वसाधारण नागरिकको अवस्था थप दैनिए बन्दै गएको राष्ट्रसंघले जनाएको छ ।

आइएसका लडाकुले अहिले सर्वसाधारण नागरिकलाई निशाना बनाएकाले त्यहाँका बासिन्दा गम्भीर खतरामा रहेको इराकका लागि राष्ट्रसंघीय मानवीय सहायता संयोजक लिज ग्राण्डेले बताएका छन् ।

मोसुलमा पहिलेदेखि नै पानी तथा विद्युतको समस्या रहेको थियाे । अक्टोबरमा सेनाले आइएस विरुद्धको कारबाही अभियान सुरु गरेदेखि त्यहाँबाट लाखौं मानिस विस्थापित भएका छन् ।

इराकी सेनाले शनिबार आइएस विरुद्ध गरिएको नयाँ कारबाहीमा महत्वपूर्ण सफलता मिलेको बताएको छ । पुरानो मोसुल शहरमा रहेका विद्रोहीका गढलाई हटाउने प्रयासमा आफूहरु अघि बढेको सेनाले दाबी गरेकाे छ ।

shares