Breaking News

एक लाख १५ हजार नगदसहित १० जुवाडे पक्राउ

काठमाण्डौ, २९ असोज ।

महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार मध्यराति रु एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरू सोह्र थान कौडासहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने वर्ष ५२ का कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानसहित कानूनी कारवाही हुने महानगरी वृत्त बौद्धका प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

shares