Breaking News

पत्रकार योगीले ल्याए गीत (भिडियोसहित)

काठमाण्डौ, २९ असोज ।

पत्रकार शिवराज योगी गीतकारका रूपमा प्रस्तुत भएका छन् । आइतबार मात्रै उनको ‘जिन्दगानी’ बोलको गीत सार्वजनिक भएको छ । योगीको गीतमा चर्चित गायक शिशिर योगीले आवाज दिएका हुन् ।

२०५९ सालतिर गोरखापत्रमा आवद्ध भएर टोडीमा रहँदा लेखेका शब्द गीतका रूपमा सार्वजनिक भएको योगीले बताए । गीतमा चर्चित संगीतकार अर्जुन नेपालीले संगीत भरेका छन् भने गीतको म्युजिक भिडियोमा विनोद, प्रविन, कुसुम र सन्दिपले अभिनय गरेका छन् ।

दिपेश उपाध्याय, विजयी र केशवले गीतको भिडियो उच्च प्रविधियुक्त क्यामेरा प्रयोग गरेर छायांकन गरेका हुन् । मकवानपुरको चित्लाङ, ललितपुरको गोदावरी हुँदै काठमाडौैंको वसन्तपुरका रमणीय दृश्य गीतमा कैद गरिएका छन् ।

सेती नदीको छेवैमा अस्तित्वहीन द्वारी खोला मिसिएर बगेझैं जिन्दगीको यात्रा पनि निरन्तर चल्नु र चलाउनु नियति हो भन्ने आसयको गीतको भिडियो सम्पादन गिरीजा केसीले गरेका हुन् । म्यूजिक भिडियोको निर्देशन भक्त पौडलले गरेका छन् भने साथी मिडिया प्रालिले भिडियो निर्माण गरेको हो ।

हेर्नुहोस् भिडियो-

shares