Breaking News

काठमाण्डौ महानगरपालिकाले दशैंमा ५ दिनसम्म फोहोर नउठाउने

काठमाण्डौ, २९ असोज ।

काठमाण्डौ महानगरपालिकाले दशैंमा ५ दिनसम्म फोहोर संकलन नगर्ने भएकाे छ ।

सिसडोल ल्यान्डफिल्ड साइट बन्द हुने तथा दशैंका लागि कर्मचारीहरू बिदामा बस्ने भएकोले ५ दिनसम्म काठमाडौंमा फोहोर नउठाइने भएको हो । फूलपाती देखि एकादशीसम्म फोहोर संकलन हुने छैन ।

मंगलबारदेखि शनिबारसम्म फोहोर संकलन गरेर घरमै राख्न उपत्यकाबासीसँग महानगरपालिकाले अनुरोध गरेको छ ।
घरको फोहोर नउठाइने भएपनि सडकको फोहोर भने संकलन गरिने महानगरले स्पष्ट पारेको छ ।

उपत्यकामा हाल दैनिक ५ सय टनको हाराहारीमा फोहोर संकलन हुँदै आएको छ ।

shares