Breaking News

जिप दुर्घटनामा दुई जनाको मृत्यु

गुल्मी, २९ असोज ।

गुल्मीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

चन्द्रकोट गाउँपालिका–२ मा गएराति लु १ ज २१८१ नम्बरकाे जिप दुर्घटनामा चन्द्रकोट–२ बिसुखर्कका ४९ वर्षीय भरतबहादुर गुरुङ र ३६ वर्षीय लालबहादुर गिरीकाे मृत्यु भएकाे हाे ।

बागलुङको कालापोखरामा सामान पुर्‍याएर फर्किएकाे जिप सडकबाट तीन सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख (एसपी) दिपककुमार बस्नेतले जानकारी दिए ।

जिपमा कति सवार थिए भन्ने थाहा नभएको र प्रहरी घटना स्थल पुगेर उद्धार गरिरहेको एसपी बस्नेतले बताए ।

shares