Breaking News

आज अक्टोबर १५, विश्व हातधुने दिवस: नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ, २९ असोज ।

आज अक्टोबर १५, विश्व हातधुने दिवस । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

साबुन पानीले राम्रोसंग हात धोए झाडापखाला २३ देखि ४०, श्वासप्रश्वास सम्बन्धी रोग १६ देखि २१ प्रतिशत कम हुने सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसी को तथ्यांक छ ।

चर्पीको प्रयोगपछि, खाना बनाउनु र खानु अघि, सरसफाइको कामपछि साबुन पानीले राम्रोसंग हात धुन चिकित्सकको सुझाव छ ।

मध्यम र निम्न आय भएका राष्ट्रहरूमा स्वच्छ पानी र सरसफाइको कमीले वर्षेनी ८ लाख ४२ हजार मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्यांक छ ।

shares