Breaking News

मन्त्रिपरिषद् बैठक: शैक्षिक प्रणाली सुधारका लागि सुझाव दिन समिति गठन

काठमाण्डौ, २८ असोज ।

सरकारले शैक्षिक प्रणाली सुधारका लागि सुझाव दिन शिक्षामन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले मुलुकको समग्र विकासका लागि आवश्यक शैक्षिक जनशक्ति आंकलन गरेर शिक्षा प्रणाली सुधारका लागि सुझाव दिन शिक्षामन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरेको हो । समितिले ६ महिना भित्र अध्ययन प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ ।

त्यस्तै बैठकले जनकपुर–जयनगर रेल सञ्चालनका आवश्यक कानुनी र संरचना निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै बैठकले लाेकसेवा अायाेगलाई मंसिरसम्म कर्मचारी छनाैटकाे विज्ञापन नखाेल्न अाग्रह गरेकाे छ ।

बैठकले जमलस्थित परीक्षा नियन्त्रण कार्यालय रहेको स्थानमा सुविधा सम्पन्न राष्ट्रिय पुस्ताकलय बनाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा अध्ययन शुल्क भने यथावत राख्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

shares