Breaking News

निगमले गर्‍यो पेट्रोल पम्पहरूको अनुगमन

काठमाण्डौ, २८ असोज ।

चाडपर्वका बेला पेट्रोलियम पदार्थको माग बढेपछि कालाेबजारी हुने अाशंकामा नेपाल आयल निगमले पेट्रोल पम्पहरूको अनुगमन गरेकाे छ ।

शनिबारदेखि निगमले सुरु गरेकाे अनुगमनमा अाइतबार नापतौल तथा गुणस्तर विभाग पनि सहभागी भयो । संयुक्त अनुगमन टोलीले राजधानीका विभिन्न पेट्रोल पम्पहरूमा पेट्रोल तथा डिजेलको गुणस्तर र परिमाण परीक्षण गरेको थियाे ।

अनुगमनका क्रममा सबै पेट्रोल पम्पहरूले नापतौलको अन्तर्राष्ट्रिय स्टयान्डर्ड पालना गरेको पाइएको छ। सवारीहरूले छिटो छरितो तेल पाएका छन् भने निगमले पनि मागअनुसार आपूर्ति गरिरहेको जनाएकाे छ ।

shares