Breaking News

१ लाख रुपैयाँ घूससहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाण्डौ, २८ असोज । टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुवेदीलाई घूस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो ।

सुवेदीले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घूस लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

shares