Breaking News

विकास निर्माणको कार्यमा सरकार सुस्त: नेता बस्नेत

काठमाण्डौ, २८ असोज ।

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विकास निर्माणको कार्यमा सरकार सुस्त भएको आरोप लगाएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका ५ मार्मिङमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले जनताले चाहेजस्तो वर्तमान सरकारले विकासको काम गर्न नसकेको आरोप लगाएका हुन् ।

उनले कम्युनिष्ट उम्मेद्वारले निर्वाचनका जितेको स्थानमा अहिले सांसदहरू नै नगएको जिकिर गरे । त्यस्तै उनले सरकारले स्थानीयतहमा पूर्वाग्रही ढंगले बजेट विनियोजन गरेको धारणा पनि राखे ।

नेता बस्नेतले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार चूकेको, हत्याहिंसामा संलग्नलाई पक्राउ गर्न नसकेको, सीमाको रक्षा गर्न सरकार असफल भएको टिप्पणी पनि गरे ।

कार्यक्रममा कांग्रेस मार्मिङ ईकाई कमिटिले खानेपानीको पाईप तथा मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो ।

shares