Breaking News

पश्चिमी सीमा नाकामा चेकजाँचका लागि तालिम प्राप्त कुकुरको प्रयोग

सुरेश भट्ट/कञ्चनपुर, २८ असोज ।

नेपालको पश्चिमी सीमा नाकामा लागू औषधको ओसार पसार नियन्त्रणका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ ।

चाडपर्वका बेला लागूऔषधको ओसार पसार र कारोवार वढी हुने कञ्चनपुरको गड्डाचोकी सीमा नाकामा कुकुरसहितको टोली परिचालन गरिएको हो ।

चाडबाडको मौका छोपी लागूऔषधका कारोवारीले भारतवाट लागूऔषध ल्याउने सम्भावना भएकाले विषेश तालिम प्राप्त कुकुर प्रयोग गरिएको कुकुर शाखा धनगढीका प्रहरी हवल्दार खड्क धामीले जानकारी दिए ।

shares