Breaking News

मलेसियामा श्रमिक पठाउने विषयमा १ महिनाभित्र समझदारी पत्रमा हस्ताक्षर हुने

काठमाण्डौ, २६ असोज । मलेसियामा श्रमिक पठाउने विषयमा एक महिनाभित्र समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले दशैं र तिहारको बीचमा समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिए । त्यसका लागि मलेसियाका विदेश मन्त्री काठमाण्डौ आउनेछन् ।

सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भनेर आलोचना भैरहेका बेला मन्त्री बिष्टले परिणाम देखिने बेला आई नसकेको भन्दै सरकारको बचाउ गरे । रोपेको बाली पाक्न समय लागेजस्तै सरकारका कामको परिणाम देखिन समय लाग्ने भन्दै उनले केही समय पर्खिन आग्रह गरे ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नेपाली युवालार्इ रोजगारीको सृजना गर्न सरकार लागिपरेको समेत मन्त्री विष्टले बताए ।

shares