Breaking News

एकताका लागि सबै क्षेत्रको समान अधिकार: पूर्व-राष्ट्रपति

काठमाण्डौ, २६ असोज ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक लगायतका अधिकार समान हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाण्डौमा ‘नेपाली भाषा र साहित्यको ईतिहास’ पुस्तक विमोचन गर्दै राष्ट्रपति यादवले यस्तो बताएका हुन् । उनले मुलुकलाई एकतामा बाँध्नका लागि पनि सबै क्षेत्रको अधिकार समान हुनुपर्ने धारणा राखे ।

पूर्व-राष्ट्रपति यादवले राष्ट्रलाई अघि बढाउनका लागि सबैले आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने पनि बताए । उनले मुलुकमा सद्भाव बढाउनका लागि पनि नेपालको भाषा संस्कृति महत्वपूर्ण रहेको जिकिर गरे ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूलाई शिखर सम्मान २०७५ बाट सम्मानित गरिएको थियो ।

shares