Breaking News

सन्दीप बने एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर

काठमाण्डौ, २६ असोज ।

युवा क्रिकेटर सन्दीप लामिछाने एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका छन् ।

सिंगापुरविरुद्ध आज चार विकेट लिएका सन्दीपले बसन्त रेग्मी र विनोद दाशको एकै प्रतियोगितामा धरै विकेट लिने रेकर्ड तोडेका हुन् । सन्दीपले सर्वाधिक २४ विकेट लिएका छन् ।

विनोद र बसन्तको नाममा २१ विकेट थियो । विनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगिता बसन्तले सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरमा समान २१ विकेट लिएका थिए  ।

अाइसीसी टी–ट्वेन्टी एशिया उपक्षेत्रीय छनोट अन्तर्गत सन्दीपले मलेसिया र थाईल्याण्ड विरुद्ध ५–५, म्यानमार विरुद्ध चार, भुटान र चीन विरुद्ध तीन–तीन विकेट लिएका थिए ।

उमेर समूहमा एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने रेकर्ड पनि सन्दीपकै नाममा छ ।

shares