Breaking News

सरकारले प्रेस स्वतन्त्रता हनन गरेको देउवाको अारोप

चितवन, २६ असोज ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान लागू गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सभापति देउवाले संविधान उत्कृष्ट भएपनि त्यसलाई लागू गराउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन् । शुक्रबार नेपाल प्रेस युनियन, चितवन शाखाको ८ औं जिल्ला अधिवेशनलाई चितवनमा उद्घाटन गर्दै उनले सरकारले प्रेस स्वतन्त्रता पनि हनन् गरिरहेको आरोप लगाए ।

सभापति देउवाले नागरिकको अधिकारसमेत हनन् हुनेगरी सरकारले नयाँ मुलुकी ऐन लागू गरेको दाबी गर्दै प्रतिकार गर्ने चेतावनी पनि दिए ।

सभापति देउवाले आफ्नो पार्टी सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै त्यसलाई हनन् हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

shares