Breaking News

सिन्धुली बस दुर्घटना अपडेट: ज्यान गुमाउनेको संख्या ३ पुग्यो

सिन्धुली, २६ असोज ।

सिन्धुलीको मुलकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ द ९१२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । बस सडकबाट ५ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, बस चालक सिन्धुली मरिण गाउँपालिका ७ का २८ वर्षीय राजकुमार लामा र सोही ठाउँका २३ वर्षका अमित लामा रहेका छन् । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बसमा चालकसहित ७ जनामात्र सवार रहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण बस अनियन्त्रित भई भीरबाट खसेको प्रहरीले जनाएको छ ।

shares