Breaking News

सुनकोसीमा बस खस्दा एक जनाको मृत्यु

सिन्धुली, २६ असोज ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ द ९१२ नम्बरको बस मुलकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–८ निवासी २९ वर्षीय रवि खड्काको मृत्यु भएको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज सुपर वासुकी यातायातको यात्रुबस सुनकोशीमा खसेको हो ।

घटनामा सात जनाको जीवितै उद्धार गरिएको छ । सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लागि धुलीखेलतर्फ पठाइएको र नदीबाट एउटा शव निकालिएको स्थानीयवासी मीन श्रेष्ठले जानकारी दिए ।

सो बसमा आठजना सवार रहेको र सात जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र तीन जनाको अवस्था सामान्य रहेको जनाइएको छ ।

shares