Breaking News

अाजको खेल: हिमालयन शेर्पा र एपीएफ गोलरहित बराबरी

काठमाण्डौ, २६ असोज ।

शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबले गोलरहित बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको पहिलो खेलमा दुबै टोलीले गोल गर्न सकेनन् । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्ने राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

हिमालयन शेर्पाका खेलाडीहरूबीच तालमेलको अभाव देखिंदा पाएका केही अवसर गुमाउन पुग्यो । तर, दोस्रो हाफको सुरुवातमै एपीएफले अग्रता लिने मौका चुकायो ।

सुदिप सिख्राकारको क्रसमा युवराज बलसम्म पुग्न नसक्दा खेल गोलरहित बन्योे । लिग अन्तर्गत आजको दोस्रो तथा पहिलो चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ ।

shares