Breaking News

मदिरा कम्पनी सिग्नेचर र मनाङ मर्स्याङ्दीबीच सम्झौता

काठमाण्डौ, २६ असोज ।

ए डिभिजन टोली मनाङ मर्स्याङदीलाई मदिरा कम्पनी सिग्नेचरले मुख्य प्रायोजन गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिग्नेचर र मनाङबीच मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर भयो । सम्झौता पनि मनाङको पूरा नाम सिग्नेचर मनाङ मर्स्याङदी क्लव रहनेछ ।

त्यसबापत सिग्नेचरले वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । नयाँ सम्झौतासहित मनाङले जारी ए डिभिजन लिगका लागि नयाँ जर्सीसहितको टिम सार्वजनिक गरेको छ ।

सम्झौता अवधि एक वर्षको हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तर, दुई पक्षको सहमतिमा सम्झौता पुनरावलोकन गरिने बताइएको छ ।

शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ यस सिजन पनि उपाधिको दाबेदार टोली हो । राष्ट्रिय टोलीका पाँच खेलाडीसहित ए डिभिजन लिगको तयारी गरिरहेको मनाङले लिगको आफ्नो पहिलो खेलमा शुक्रबार ब्रिगेड ब्वाइजसँग खेल्नेछ ।

shares