Breaking News

वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने योजनाबाट नेकपा पछि हट्यो

काठमाण्डौ, २६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेता वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने योजनाबाट पछि हटेको छ ।

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाकाे आलापोटमा शुक्रबार भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम अहिले चुनाव नलड्ने घोषणा गरेका हुन् ।

वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने कदमका योजनाकार प्रचण्डले वामदेव गौतम आफैंले पनि चुनाव नलड्ने बताएकोले यो विषय सकिएको बताए ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चौतर्फी आलोचना भएपछि गौतम र सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी पछि हटेको हो ।

प्रचण्डले अब पार्टी र सरकार विकास निर्माणमा केन्द्रीत हुने दाबी गरे । काठमाण्डौलाई नयाँ बनाएपछि मात्रै नेपाल नयाँ हुने प्रचण्डको तर्क छ ।

६ महिनामा सरकारले विकासको आधार खडा गरेको भन्दै प्रचण्डले ओली सरकारको प्रशंसा गरे । अब देखिने गरी काम हुने प्रचण्डको दाबी छ ।

shares