Breaking News

इजिप्टमा १७ जनालाई मृत्युदण्ड

काठमाण्डौ, २६ असोज ।

इजिप्टको एउटा सैनिक अदालतले बम आक्रमणको घटनामा दोषी ठहर गर्दै बिहीबार १७ जनालाई मृत्युदण्डको सजाए दिइएको छ ।

दोषी ठहर गरिएका उनीहरूले ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराएका थिए । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौं मारिएका थिए ।

घटनामा दोषी ठहरिएका अन्य १९ जनालाई आजीवन काराबासको सजाय र दश जनालाई १० देखि १५ बर्षसम्मको जेल सजाय तोकिएको छ ।

न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार काएरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटनका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन काएरोको मुख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा परी २९ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी त्यही वर्षको अप्रिलमा पाल्म सण्डे मनाउन भेला भएकाहरूलाई आक्रमण गर्दा तान्टा र एलेक्सान्ड्रीयामा ४५ जना मारिएका थिए ।

इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरूले प्रार्थना गर्ने चर्चहरूमा बेला बेलामा आईएस लडाकूहरूले आक्रमण गर्ने गरेका छन् । – एजेन्सी

shares