Breaking News

अाजबाट काठमाण्डौमा सरकारद्वारा खसीबोका बिक्री सुरु

काठमाण्डौ, २६ असोज ।

नेपाल खाद्य संस्थानले आजदेखि दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री वितरण सुरु गरेको छ ।

नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित कार्यालय परिसरबाट दशैंका लागि खसी, बोका र च्याङग्रा बिक्री सुरु गरेको हो । बिक्री सुरु गरिएपनि माग अनुसार आपूर्ति हुन सकेको छैन ।

संस्थानले अहिलेसम्म दुईसय खसीबोका र पाँचसय पचास च्यांग्रा भित्र्याएको छ भने ल्याउने जारी रहेको खाद्यसंस्थानका बाग्मती अंचल प्रमुख सुरेन्द्रराज विष्टले बताए ।

यसवर्ष खसी प्रतिकेजीको पाँच सय, र च्याङ्ग्रा प्रतिकेजी सात सय रुपैंया तोकेको छ । बजार भाउलाई हेरेर मूल्य निर्धारण गरिएको संस्थानले जनाएको छ ।

संस्थानले हरेक वर्ष थापाथलीस्थित बागमती अञ्चल कार्यालय परिसरबाट दशैंका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्रा बिक्री वितरण गर्ने गरेको छ ।

shares