Breaking News

निर्मला घटनासँग सम्बन्धित सबुत र नमूनाहरू सुरक्षित राख्न प्रहरीलाई मानवअधिकार आयोगको निर्देशन

काठमाण्डौ, २५ असोज ।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको यौनिक स्वाव र त्यसबाट निकालिएको डिएनए नमूना सुरक्षित राख्न राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीलाई निर्देशन दिएको छ ।

आयोगले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा निर्मला घटनासँग सम्बन्धित सबुत र नमूनाहरू जे जस्तो अवस्थामा छन् त्यस्तै सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिएको हो ।

बिहीबार सबुत–प्रमाणको चिकित्सीय र वैज्ञानिक जाँचमा संलग्न अधिकारी र विज्ञसँगको छलफलपछि आयोगबाट यस्तो निर्देशन भएको हो ।

आयोगले फरेन्सिक विज्ञ डा. हरिहर वस्ती र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ डा. दिनेश झासँग छलफल गरेको हो । आयोगले सबुत प्रमाणको परिक्षणका विषयमा विज्ञसँग रायसुझाव समेत लिएको छ ।

shares